बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलको अल्गार्भमा फुटबल प्रतियोगिता सम्पन्न

मङ्गलबार, ११ माघ २०७३, १० : २०
मङ्गलबार, ११ माघ २०७३

पोर्चुगल –गैह्र आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा एनआरएन आरसीसी रनिङ्ग कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

जनवरी २२ मा भएको प्रतियोगितामा ताबिरा टिम प्रथम र ओल्याओ दोस्रो स्थान ओगटन सफल भए । त्यसैगरी उत्कृष्ठ गोल किपर बिजय गुरुङ, उत्कृस्ट खेलाडी आङ्ग्सेङ्ग सेङ्ग्देन घोसित भए भने सबै भन्दा बढी गोल प्रकाश पौडेलले गरे ।

प्रतियोगितामा आल्बुफेरा ए, आल्बुफेरा बि, भिल्लामोरा ए, भिल्लामोरा बि, मोन्तेगोर्दो, ताबिरा, लुज ताबिरा, ताबिरा युथ र ओल्याओ गरी ९ टिमले सहभागिता जानाएका थिए ।

बिजयी खेलाडीहारुलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने पहिलो र दोस्रो हुने टिमलाई क्रमश रु १०० र ५० यूरो नगद प्रदान गरियो । कार्यक्रमका लागि तमु परिवार आल्बुफेरा, शम्भु गौतम, निल गणेश तिवारी (यू. के.),अनिल शाही, शरदचन्द्र शाही, मुक्तिनाथ मनि एक्सचेन्ज, नारायण बश्याल, दीपक के सी, क्याटरिना नेपाली रेष्टुरेन्ट, वेलकम नेपाली शप, युजफुल क्यापिसिटि अग्रिकोला, महाराजा रेस्टुरेन्ट र एल पपगोयो रेष्टुरेन्टले आर्थिक सहयोग गरेको थियो ।

करिब ३०० भन्दा बढी दर्शकको सहभागिता रहेको उक्त प्रतियोगिताको संयोजक र सह संयोजक क्रमश पिताम्बर शर्मा तिमल्सेना र अभिषेक आचार्य थिए भने नेपाली नारी समाजले विभिन्न स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप