बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

शाहरुख प्रमोशन गर्न पुग्दा भागदौड, एकको मृत्यु

मङ्गलबार, ११ माघ २०७३, १० : ४८
मङ्गलबार, ११ माघ २०७३

वडोदरा – आफ्नो नयाँ चलचित्र ‘रइस’ को प्रमोशन गर्न राजधानी एक्सप्रेसबाट वडोदरा रेलवे स्टेसनमा शाहरुख खान पुगेपछि भागदौड मच्चिँदा एक व्यक्तिको मृत्यु भएको छ ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार सोमबार राती साढे १० बजे रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर ६ मा शाहरुख चढेको रेल पुगेको थियो । त्यहाँ रेल १० मिनेट रोकिएको थियो ।

‘शाहरुख खानले आफ्नो चलचित्र प्रमोशनका लागि मुम्बाईबाट दिल्ली जाने रेल चढेका थिए । स्टेशनमा रेल रोकिँदा फ्यानहरु उनलाई हेर्न आतुर थिए,’ प्रहरीले बताएको छ ।

रेल रोकिने वित्तिकै भिड अनियन्त्रित हुन पुगेको र एकअर्कामथि चढ्दै शाहरुखलाई हेर्न रेलको नजिक पुगेका थिए ।

प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज पनि गर्नुपरेको थियो ।

‘जब रेल चल्न थाल्यो, मानिसहरु रेलको पछि दौडिन थाले । यसक्रममा एक व्यक्तिको मृत्यु भयो,’ प्रहरीले बताएको छ ।

मारिनेको नाम फरहिद खान पठान रहेको बताइएको छ ।

‘रइस बाइ रेल’ नाम दिइएको प्रमोशन अभियान अन्तरगत शाहरुख त्यहाँ पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप