बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्राजेक्टमा काम गर्ने भारतीय कलाकारलाई कारवाहीको चेतावनी

मङ्गलबार, ११ माघ २०७३, ११ : ५३
मङ्गलबार, ११ माघ २०७३

मुम्बई – सन् २०१६ को अक्टुबरमा इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसनले पाकिस्तानी कलाकारहरुलाई वलिउडका चलचित्रहरुमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

उरीमा भारतीय सेनामाथि भएको हमलापछि उक्त निर्णय लिइएको थियो ।

तर, हालै भारतीय कलाकार इलियाना डि’क्रुज र कुनाल खेमुले पाकिस्तानी कलाकारहरुसँग काम गरेका छन् भने पाकिस्तानी कलाकार फवाद खान भारतमा एक अवार्डका लागि मनोनयनमा परेका छन् ।

के अब प्रतिबन्ध हटेको हो त ? मोसन पिक्चर प्रोड्युसर एसोसिएसनका अध्यक्ष टिपी अग्रवाल भन्छन्, ‘हाम्रो प्रतिबन्ध हटेको छैन । उनीहरुमाथि कारवाही हुन्छ ।’

यता, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनका अध्यक्ष पहलाज निहलानी पनि स्थिति सामान्य नभएसम्म भारतीय कलाकारहरुले पाकिस्तानी प्रोजेक्टमा काम गर्न नहुने धारणा राख्छन् ।

यता, पाकिस्तानी कलाकार माहिरा खानले भने प्रतिबन्धकै कारण शाहरुख खानसँग आफ्नो नयाँ चलचित्रको प्रमोशन गर्न पाएकी छैनन् । ‘म पनि शाहरुखसँग बसेर मेरो चलचित्रको बारेमा अन्तर्वार्ता दिन चाहन्छु । यो मेरो अधिकार हो किनभने म पनि चलचित्रको हिस्सा हुँ,’ एक पाकिस्तानी पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन् ।

हालैमात्र पाकिस्तानी कलाकार अदनान सिद्धिकीलाई चलचित्र खेल्न भिसा दिएको खबर आएको थियो । तर, निर्मार्ता बोनी कपुर भन्छन्, ‘चलचित्रको सुटिङ सकिएको छ । छुट दिइएका पाँच चलचित्रमध्ये एक चलचित्र मेरो पनि थियो । तर,अब स्थिति सामान्य नभएसम्म पाकिस्तानी कलाकारसँग काम गर्ने कुरा नै आउँदैन ।’

यता, कलाकारहरु भने यो प्रतिबन्ध चाँडै हट्नेमा विश्वास गर्छन् । ‘कलाकारहरुलाई रोक्न सकिँदैन । हामीले जहिले पनि माया र प्रेमको बाटो रोज्दै आएका छौँ,’ राहत फत्ते अली खानले भने । उनकै गीत सावरेमा खेमुले काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप