बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा एचआइभी सङ्क्रमित सङ्ख्या २५७

मङ्गलबार, ११ माघ २०७३, ०८ : २५
मङ्गलबार, ११ माघ २०७३

वालिङ - स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् ।

स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण निःशुल्क उपलब्ध गराएपछि एचआइभी सङ्क्रमितलाई सेवा लिनका लागि सहज हुने भएको हो ।

“यो उपकरण जिल्लामा नहुँदा यहाँका सङ्क्रमित सिडीफोर परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो”, जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स कार्यक्रम संयोजक पाण्डेले भने, “अब सिडीफोर जहाँ परीक्षण हुन्छ, त्यहीँ नै औषधि पनि पाइने व्यवस्था मिलाएका छौँ ।”

करिब छ वर्षअघिदेखि स्याङ्जा जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितको तथ्याङ्क राख्न सुरु भएपछि हालसम्म १९ पुरुष र सात महिला गरी २६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा एआरटी सेवन गर्नेको सङ्ख्या १९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप