बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

हलोकस्टको सम्झनामा नाटक मञ्चन

मङ्गलबार, ११ माघ २०७३, ०६ : ४४
मङ्गलबार, ११ माघ २०७३

काठमाडौँ - साठी लाख मानिसलाई एकै चिहान पारिएको मानवताविरुद्धको क्रुर घटनाको यहाँ स्मरण गरिने भएको छ ।

यही माघ १३ गतेको ‘हलोकस्ट दिवस’को अवसर पारेर यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय, इजरायली र जर्मनेली राजदूतावास एवम् युरोपेली सङ्घको प्रतिनिधिमण्डलले संयुक्त रुपमा नाटक मञ्चन गर्ने भएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ती कूटनीतिक नियोगले हलोकस्टमा मारिएकी १५ वर्षीया किशोरी आना फ्रेंकको दैनिकीमा आधारित ‘आना फ्रेंक’ मञ्चन गरिने भएको छ ।

नेपालका लागि इजरायलका राजदूत यारोन मायरले हलोकस्ट जस्तो त्रासदीपूर्ण घटना नदोरिहून् र नयाँ पुस्ताले मानवताविरुद्धको बर्बरता नबिर्सिउन् भन्ने उद्देश्यले राष्ट्र सङ्घको सक्रियतामा आफूहरुले यस पटक नाटक मञ्चन गर्न लागेको बताए । द वल्र्ड थिएटरले मञ्चन गर्ने उक्त नाटकमा नेपाली कलाकारले अभिनय गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप