बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको अर्थमन्त्रीद्वारा स्वीकार (भिडियो)

मङ्गलबार, ११ माघ २०७३, १६ : ०४
मङ्गलबार, ११ माघ २०७३

काठमाडौ–उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको स्वीकार गरेका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा बोल्दै उपप्रधान तथा अर्थ मन्त्री महराले सुन तस्करीबारे अनुसन्धान भईरहेको उल्लेख गर्दै छिटैै दोषी कमृचारी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । उनले सुन तस्करीको छानवीन प्रक्रियामा आवश्यक सहयोग गर्न समितिका सदस्यहरुसँग आग्रह समेत गरे । महराले सुन तस्करीमा भन्सार विभागका कर्मचारीको संलग्नतालाई आफूले भुरा माछाको संज्ञा दिएको विषयलाई उचालेर आफनो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गुनासो पनि गरे ।

व्यवस्थापिका संसदको अर्थ समितिले उच्चस्तरीय छानवीन तथा जाँचबुझ आयोग गठन गरी सुन तस्करीबारे छानवीन गर्न दिएको निर्देशन अझै कार्यान्वयनमा आएको छैन । गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो सुन तस्करी काण्डबारे यथार्थ पत्ता लगाई छानवीन गर्न संसदीय समितिहरुले सरकारलाई सचेत गराउँदै आएका छन् ।

सुरक्षा निकायका प्रमुखहरुले समेत अर्थ मन्त्रालयकै संलग्नतामा सुन तस्करी बढेको आरोप लगाई सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप