बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बौद्धिक चोरी सम्बन्धी अपराधमा ३८ सय जना पक्राउ

मङ्गलबार, ११ माघ २०७३, १६ : १९
मङ्गलबार, ११ माघ २०७३

बेइजिङ - चीनमा सन् २०१६ मा बौद्धिक चोरी सम्बन्धी अपराध गर्ने झन्डै ३८ सय जनालाई पक्राउ गरी कारबाही गरिएको अधिकारीहरुले जनाएका छन् ।

झन्डै सात हजार भन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ । आधिकारीक तथ्याङ्क अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात् ३५ सयवटा उलङ्घनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन् ।

बाँकी घटना प्रतिलिपी अधिकार र व्यापारिक गोपनीयता सम्बन्धी रहेको पनि अधिकारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप