बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिआइए प्रमुखमा माइक पम्पियो अनुमोदित

मङ्गलबार, ११ माघ २०७३, १६ : २४
मङ्गलबार, ११ माघ २०७३
वसिङ्गटन - संयुक्त राज्य अमेरिकाली संसद्को माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था–सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सिआइए को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई अनुमोदन गरेको छ । गतः सोमबार साँझ बसेको, एकसय सदस्यीय सिनेटको बैठकमा मतदान हुँदा माइकको समर्थनमा छैसठ्ठी मत र विपक्षमा बत्तीस मत परेको थियो । माइकले हासिल गर्नुभएको छैसठ्ठी मतमध्ये एकाउन्न मत रिपब्लिकन सिनेटरहरुको, चौध मत डेमोक्र्याट सिनेटरहरुको र एक मत स्वतन्त्र सिनेटरको भएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय महत्वका ठूला पदहरुमा कसैलाई नियुक्त गर्नुभएपछि सिनेटको सामान्य बहुमतले यसको अनुमोदन गर्नु आवश्यक छ । सिनेटको यस मतदानबाट सिआइए निर्देशक पदमा माइकको नियुक्तिले औपचारिकता पाएको छ । गत शुक्रबार राष्ट्रपति ट्रम्पले पदबहाली गर्नु भएकै दिन सिआइएका पूर्वनिर्देशक जोन ब्रेनानले राजिनामा दिइ उनलाई सजिलो पारिएका थिए र सोही दिन माइकले नियुक्ति पाउनु भएएका थिए । राष्ट्रपति ट्रम्प गतः शनिबार सिआइएको प्रधान कार्यालय गई त्यहाँ एक सद्भाव वक्तव्य दिएका थिए । वक्तव्यका क्रममा, राष्ट्रपति ट्रम्पले सिनेटले आफ्ना नियुक्तिहरु अनुमोदन गर्न विलम्ब गर्ने गरेको गुनासो गरेको दुई दिनपश्चात् सिनेटले माइकको नियुक्ति अनुमोदन गरेको छ । सिआइए निर्देशकको यस अनुमोदन नवनिर्वाचित डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा राष्ट्रपतीय कार्यकाल सुरु भएपछि ठूला पदहरुमा नियुिक्तको तेस्रो अनुमोदन हो । यसअघि राष्ट्रपति ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्रीमा र जोन केलिलाई आन्तरिक सुरक्षा (होमल्याण्ड सेक्युरिटी) मन्त्रीमा गरेको नियुक्तिलाई सिनेटले यसैगरी अनुमोदन गरिसकेको छ । क्यासास राज्यबाट रिपब्लिकन पार्टीको टिकटमा सन् २०११ देखि अमेरिकी काङ्ग्रेसमा प्रवेश गर्नुभएका ५२ वर्षीय माइक पम्पियो एक कट्टरपन्थी रिपब्लिकनको रुपमा परिचित छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि दिइने उम्मेदवारी मनोनयनमा उहाँले ट्रम्पलाई सहृदय सघाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप