बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करीको अनुसन्धान गर्न कठिन : गृह मन्त्री (भिडियो)

मङ्गलबार, ११ माघ २०७३, १० : ३६
मङ्गलबार, ११ माघ २०७३

काठमाडौँ –गृह मन्त्रालयले सुन तस्करीबारे अनुसन्धान गर्न कठिनाई भइरहेको जनाएको छ । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले भन्सार विभागमा अनुसन्धान गर्ने अनुमति गृह मन्त्रालयलाई नहुँदा अनुसन्धान प्रभावकारी नभएको बताएका हुन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री निधीले सुन तस्करीको अनुसन्धान प्रक्रियालाई गोप्य ढंगले अघि बढाउनुपर्ने भएको उल्लेख गर्दै त्यसमा सबैको सहयोगको आवश्यक्ता रहेको पनि बताए । उनले सुन तस्करी काण्डलाई संगठित अपराध ऐन अन्तरगत रहेर नेपाल प्रहरीले अनुसन्धान प्रक्रियालाई अघि बढाएको पनि जानकारी दिए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले सुन तस्करी काण्डलाई छानवीनको दायरामा ल्याउन सरकारले प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप