बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पशु चिकित्सकले लिए सिंहदरवारमा शपथ

मङ्गलबार, ११ माघ २०७३, १६ : ४१
मङ्गलबार, ११ माघ २०७३

काठमाडौ– नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले मंगलबार सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सिंहदरवारमा भएको सपथ ग्रहण कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका सचिव श्याम प्रसाद पौडेल र पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलको समेत उपस्थिति रहेको थियो ।

परिषद्मा दर्तावाल पशु चिकित्सकमध्ये दुई जना उपाध्यक्ष र पाँच जना सदस्य निर्वाचित हुने व्यवस्था छ । गत माघ २ गते काठमाण्डौमा सम्पन्न निर्वाचनले २ जना उपाध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचित भएका थिए ।

नेपालमा पशु चिकित्सा व्यवसायलाई व्यवस्थित र मर्यादित रुपमा विकसित तुल्याउन पशु चिकित्सकहरुको योग्यता र विशेषज्ञता अनुसार नाम दर्ता गर्न समेतको लागि नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तरगत यो परिषद्को स्थापना भएको हो ।

परिषद्मा नेपाल सरकारबाट मनोनित, दर्तावाल पशुचिकित्सक (भेटेरिनरी डाक्टर)हरु मध्ेयबाट निर्वाचित र पदेन गरी ११ जना भेटेरिनरी डाक्टरहरु पदाधिकारी रहने व्यवस्था छ । नेपाल सरकारले कम्तिमा “क” श्रेणीका डाक्टरहरु मध्येबाट एक जना अध्यक्ष र दुई जना सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ ।

परिषद्मा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यसैगरि, नेपाल सरकारले परिषद्को प्रशासनिक प्रमुखको रुपमा एक जना दर्तावाल पशु चिकित्सकलाई परिषद्को रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री एवं पशुपन्छी विकास मन्त्री पुष्पकमल दाहालले परिषद्मा निर्विरोध निर्वाचित हुनु भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै परिषद्को उद्देश्य पुरा गर्न मन, वचन र कर्मले समर्पित भै परिणाममूखि कार्य गर्न निर्देश दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप