बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार दोहोरो अङ्कले ओरालो

मङ्गलबार, ११ माघ २०७३, १६ : ५७
मङ्गलबार, ११ माघ २०७३

काठमाडौँ - धितोपत्र बजारमा आज पनि दोहोरो अङ्कले कमी आएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार आज करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो ।

स्टकका अनुसार बंैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो ।

बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको रु तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको रु दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको रु एक करोड ५७ लाख बराबरको सेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप