बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली विकासमा स्थानीय श्रोत साधनको प्रयोग : मन्त्री पाण्डे

मङ्गलबार, ११ माघ २०७३, १२ : १७
मङ्गलबार, ११ माघ २०७३

काठमाडौ– स्थानिय विकास मन्त्री हितराज पाण्डेले कर्णालीको विकास निर्माणमा स्थानीय स्रोत साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार काठमाडौंमा कर्णाली रोजगार कार्यक्रमको समीक्षा गर्दै मन्त्री पाण्डेले कर्णालीलाई लक्षित गरेर तय गरिएका विकास निर्माणको काममा स्थानीय स्रोत साधनकै प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औल्याएका हुन् ।

कार्यक्रममा स्थानीय वस्तुको प्रयोगलाई प्राथमिकता नदिए कर्णालीको विकास निर्माणको कामले गति नलिने निष्कर्ष समेत निकालिएको छ । मन्त्री पाण्डेले कर्णाली जिल्लामा पर्याप्त बाटोको सुविधा नभएकाले पनि विकास निर्माण प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

कर्णालीका विपन्न पहिचान गरी एक घर एक रोजगार दिने उद्देश्यका साथ कर्णाली रोजगार कार्यक्रम चलिरहेपनि स्थानियले रोजगारी नपाएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन । स्थानीयले ३५ दिनको रोजगारी र काम गरेबमोजिम पारिश्रमिक पाउने कर्णाली रोजगार कार्यक्रमको निर्देशिकामा उल्लेख गरिएको छ । तर निर्देशिका अनुसार रोजगारीको अवसर स्थानीयले नपाएको समिक्षात्मक कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।

कार्यक्रममा सरोकारवालाहरुले जनतामैत्री कार्यक्रम भएपनि काम गर्ने शैली गलत भएकाले स्थानियले सुविधा नपाउन नसकेको धारणा पनि राखेका थिए । यसअघि विकास निर्माणमा अत्याधुनिक प्रविधिको प्रयोग र बाटो बनाउँदा डोजर प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेका थिए ।

कर्णालीका स्थानीयले सरकारको एक घर एक रोजगार नीति बिपरीत डोजरको प्रयोग भएको उल्लेख गर्दै विरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप