बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँकै भूकम्प प्रभावितले बल्ल पाए पहिलो किस्ता

बुधबार, १२ माघ २०७३, ०९ : ४१
बुधबार, १२ माघ २०७३

काठमाडौं – भूकम्प गएको २० महिना पछि घर पुनर्निमार्णका लागि राजधानीका प्रभावितले बल्ल पहिलो किस्ताको रकम प्राप्त गर्न थालेका छन् ।

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका अनुसार काठमाडौ उपत्यका भित्र हालसम्म ४३ हजार ४ सय १८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।

यस्तै भक्तपुरमा १८ हजार लाभग्राहीको खातामा रकम गएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा हालसम्म पहिलो किस्ता पाउनेको संख्या ५ लाख ३ हजार ३ सय ५ पुगेको प्राधिकरणका सहायक प्रवक्ता भिष्मकुमार भूषालले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट दोश्रो किस्ताका लागि २८ अर्व निकासा गरेसँगै दोश्रो किस्तावापतको अनुदान बितरण पनि शूरु भएको छ । गत माघ ४ गतेबाट दोश्रो किस्तावापतको अनुदान बितरण शुरु भएको हो । हालसम्म नुवाकोटमा ६, गोरखामा ४१, सिन्धुलीमा ७३ र मकवानपुरमा ६ सय गरी ७ सय २० जनाले दोस्रो किस्ता प्राप्त गरेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदसम्हाले लगतै ४५ दिनभित्र पहिलो किस्ताको रकम बितरण गर्न निर्देशन दिएपनि काठमाडौं उपत्याकाका ३ जिल्लाका प्रभावितले ढिलोगरी मात्र पहिलो किस्तावापतको रकम पाप्त गर्न थालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप