बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोरिन्होको बचाऊमा फर्गुसन

बुधबार, १२ माघ २०७३, ११ : ५४
बुधबार, १२ माघ २०७३

म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले नयाँ प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा क्लबले आशातित प्रगति गरिरहेको र शीर्ष स्थानमा चेल्सीसँग प्रतिस्पर्धा गर्न नसक्नु ‘अभागी’ मात्र भएको टिप्पणी गरेका छन् ।

७५ वर्षीय फर्गुसनले सन् २०१३ मा प्रशिक्षक पद छाडेपछि ओल्ड ट्राफोडसँग नजिकको सम्बन्ध राख्छन् र प्रायः सबै खेल हेर्न पुग्छन् ।

‘मलाई लाग्छ उनले उत्कृष्ट गरिरहेका छन्,’ स्कट प्रशिक्षकले भने ।

फर्गुसनले युनाइटेड छाडेपछि क्लबका लागि उनी तेस्रो प्रशिक्षक हुन् । गत मेमा लुइस भान हालको स्थानमा मोरिन्हो युनाइटेड आएका थिए ।

टोलीको नेतृत्व लिएपछि मोरिन्होको टोलीले शुरुवाती तीन खेल जीते पनि त्यसपछिका सात खेलबाट मात्र ६ अंक बटुल्न सक्यो ।

गत अक्टोबार देखि युनाइटेड लिगको छैटौँ स्थानमा अड्किएर बसेको छ ।

गत जनवरी २१ मा वेयन रुनीको गोलको मद्दतले स्टोकलाई १–१ को बराबरीमा रोकेको थियो । गोलसँगै रुनी २५० गोलसँगै युनाइटेडको सर्वाधिक गोलकर्ता बनेका थिए ।

शीर्ष स्थानमा चेल्सीले ८ अंकको अग्रता र युनाइटेडभन्दा १४ अंकको अग्रता बनाए पनि फर्गुसनले मोरिन्होको नेतृत्वमा क्लबमा सुधारको संकेत देखिएको बताउँछन् । उनी मोरिन्हो ‘अभागी’ भएको तर्क गर्छन् ।

‘उनको क्लबमा पकड छ,’ फर्गुसनले भने, ‘टोलीले राम्रो खेलिरहेको छ तर, उनी अभागी साबित भइरहेका छन् । प्रतिद्वन्द्वीमाथि पूर्ण नियन्त्रण राखे पनि ६ वटा खेल १–१ को बराबरीमा सकिएको छ । यदी यी खेलहरु बराबरीमा नसकिएको भए हामी शीर्ष स्थानमा चेल्सीलाई चुनौती दिने थियौँ ।’

‘म मोरिन्होभन्दा अलि फरक थिएँ । म युवा खेलाडीलाई क्लब बनाउन चाहन्थे । तर, अहिले पहिलो टोलीले राम्रो प्रदर्शन नगरिरहेको अवस्थामा त्यसको समाधान आवश्यक थियो । मलाई लाग्छ मोरिन्होले समाधान पाइरहेका छन् । सिजनको शुरुवातमा उनले निर्णय कार्यान्वयन भएको पाइरहेका थिएनन्, त्यही भएर उनी उत्तेजित देखिन्थे । अहिले हेर्नुहोस् उनी शान्त र नियन्त्रणमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप