बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कस्मिरमा हिमपहिरो, १ सैनिकसहित ५ को मृत्यु

बुधबार, १२ माघ २०७३, १५ : ०१
बुधबार, १२ माघ २०७३

कास्मिर – जम्मु–कस्मिरको गान्दरबल जिल्लामा रहेको सोनमर्ग नजिकै रहेको एक सैनिक क्याम्प बुधबार हिमपहिरोको चपेटामा पर्दा एक भारतीय सैनिकको मृत्यु भएको छ । घटनामा ८ जनाको जिवितै उद्धार गरिएको बताइएको छ । त्यस्तै, बुधबार भएको अर्को घटनामा एउटा परिवारको चार जना सदस्यको मृत्यु भएको छ ।

घटना भएको सोनमर्ग श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको छ ।

– सोनमर्गको पहाडी क्षेत्रमा यो घटना भएको हो । यस क्षेत्रमा पछिल्लो १५ दिनदेखि हिमपात भइरहेको थियो । त्यहाँ ६ देखि ७ फिटसम्म हिमपात भएको बताइएको छ ।

– सैनिक क्याम्प एउटा पहाडको फेदीमा थियो । बुधबार हिउँको ढिस्को क्याम्पमा खसेको थियो ।

– यता, मौसम विभागले २५ देखि २७ जनवरीसम्म त्यस क्षेत्रमा भारी हिमपात हुने बताएका छन् ।

– घटनाको बेला क्याम्पमा कति सैनिक थिए भन्ने अझै यकिन भएको छैन ।

गुरज सेक्टरमा चारको मृत्यु

– समाचार एजेन्सीका अनुसार कस्मिरको गुरज सेक्टरको बादुगम गाउमा पनि बुधबार हिमपहिरो गएको छ ।

– यसको चपेटामा परेर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।

– मारिनेमा ५५ वर्षीय मेहराज उद दिन, उनको पत्नी ५० वर्षीया अजीजी छोरा इरफान र गुलशन रहेका छन् ।

– घटनामा अर्का छोरा रेयाद अहमदलाई भने जीवितै उद्धार गरिएको छ ।

गत वर्ष पनि हिमपहिरोमा १० सैनिकको मृत्यु

– गत साल १० फेब्रुअरीमा उत्तरी ग्लेसियरमा हिमपहिरो जाना १९ मद्रास रेजिमेन्टको १० जना सैनिक मारिएका थिए ।

– एक सैनिक हनुमनथप्पा कयौँ दिनसम्म वरफमा पुरिए पनि जीवतै उद्धार गरिएको थियो । यद्यपि, केही दिनपछि अस्पतालमा उनको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप