बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डनका छोराको दाबी : शाहरुखको ‘रइस’ मेरो बुवाको जीवनमा आधारित, १०१ करोड माग गर्दै मुद्दा

बुधबार, १२ माघ २०७३, १५ : ३३
बुधबार, १२ माघ २०७३

अहमदाबाद – शाहरुख खानको नयाँ चलचित्र ‘रइस’ ९० को दशकमा चर्चित बनेका डन अब्दुल लतीफको जीवनमा आधारित रहेको उनका छोरा मुस्ताकले दाबी गरेका छन् । यद्यपि, चलचित्रका निर्माताले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।

यसैबीच, मुस्ताकले चलचित्र निर्माताविरुद्ध हाइकोर्टमा मुद्दा दर्ता गरेका छन् । जसमा १ सय १ करोड क्षतिपूर्ती माग गरिएको छ ।

लतीफ कुनै समय दाउद इब्राहिमका लागि काम गर्थे । सन् १९९३ मा भएको मुम्बई बम ब्लास्टमा पनि लतीफको नाम आएको थियो ।

गुजरातमा लतीफको कथा

१. लतीफको डरले भाग्थे दाउद – कुनै बेला दाउदका लागि काम गर्ने लतीफले दाउदलाई उनीसँग काम नगर्ने बताएका थिए । यसकारण दुवैबीच टकराव शुरु भएको थियो । – भनिन्छ, वडोदरामा दाउद र लतीफबीच गोलिवारी भएको थियो । जसमा लतीफ दाउदमाथि हावी भएपछि दाउद भाग्नु परेको थियो । – तर, पछि दाउद र लतीफबीच पुनः सम्बन्ध सुधार भएको थियो । जसको कारण..

२. एकै पटक ५ स्थानबाट चुनाव जिते – सन् १९८५ सम्म लतीफ जेलमा थिए । तर, उनी छुटेपछि त्यही बेला म्युनिसिपल कर्पोरेसनको चुनाव भयो । उनले ५ स्थानबाट विजयी भएर सबैलाई चकित बनाए । – यो एउटा किर्तिमान थियो ।

३. रक्सीबाट अन्डरवल्र्डको यात्रा – अहमदाबादको दरियापुरको पोपटीयावाडमा बस्ने लतीफ शुरुमा रक्सीको तस्करी गर्थे । यहीँबाट उनले अपराधको संसारमा पाइला राखेका थिए । – पछि उनले विदेशी रक्सी बेच्न थाले । सबै अपराधी उनकोबाट रक्सी किन्थे । – त्यसपछि उनले रक्सीसँग हतियारको तस्करी शुरु गरे ।

४. अन्य ग्याङ्गलाई फुटाएर राज – लतीफ ठूलो अपराधी भए पनि कुनै ग्याङ्गवारमा उनी प्रत्यक्ष संलग्न देखिएनन् । – विपक्षी ग्याङ्गमा फुटाएर उनी राज गर्थे

५. सन् १९९७ मा इन्काउन्टर – सन् १९९५ मा उनी विभिन्न ४० वटा मुद्दा लगाइएको थियो । – त्यही बेला हंसराज त्रिवेदीको हत्या (राधिका जिमखाना शुटआउट) को बेला उनको इन्काउन्टरको प्लान बनाइएको थियो । तर, उनी बँचे । – प्रहरीका अनुसार सन् १९९७ उनी जेल तोडेर भाग्दा प्रहरीसँगको मुठभेडमा मारिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप