बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रामसिंलाई ठेलाले बनायो लखपति

बुधबार, १२ माघ २०७३, ०८ : ४५
बुधबार, १२ माघ २०७३

रोल्पा - सोह्र वर्ष अगाडि भारतको गुजरातमा सिमेन्ट कारखानामा काम गर्ने सिलसिलामा दुवै आँखाको ज्योति गुमाएका खुमेल गाविसका ४४ वर्षीय रामसिंह विक ठेलामा तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् ।

आर्थिक अवस्था कमजोर भएका विकले आँखाको उपचारका लागि भारतका विभिन्न अस्पताल धाए। छिमेकी दाजुभाइबाट सहयोग नपाएपछि उनी श्रीमती र दुई वर्षीया छोरीसँगै सदरमुकाम लिवाङ झरे । करिब ६ वर्षसम्म श्रीमतीको ज्यालामजदुरीबाट पालिएका विक त्यसपछि भने ठेलामा तरकारी बेच्न थाले ।

“दैनिक रु चार सयदेखि रु एक हजारसम्म आम्दानी हुन्छ,” उनले भने । उहाँको ठेलाकै कमाइबाट रु छ लाख ५० हजारमा लिवाङमा एउटा घडेरीसमेत किन्नुभएको छ । विकले छट्टै नै घर निर्माण गर्ने योजना बनाएका छन् ।

गरिबीका कारण जेठो छोरालाई पढाउन नसकेकामा उनलाई पछुतो छ । दुई छोरी भने अहिले लिवाङस्थित एउटा माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । “अपाङ्ग भएर घरमा थपक्क बसेको भए यस्तो व्यवस्था गर्न सक्ने थिइन,” विकले भने ।

दिनहुँ युवा खाडी मुलुक जाने गरेपनि विक नेपालमै जीविकोपार्जनका प्रशस्त सम्भावना भएकाले जान नहुने बताउँछन् । “आँखा नभएको मैले त यहिँ काम गरेर खाँदै छु, सपाङ्गलाई त यहाँ गर्न नसकिने केही छैन,” उनले भने । श्रीमतीका कारण आफूलाई बाँच्न र केही गरौँ भन्ने भावना पलाएको विक बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप