बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कृष्णमोहन श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

बुधबार, १२ माघ २०७३, १७ : ४३
बुधबार, १२ माघ २०७३

काठमाडौं – सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मृतिमा बुधबार ललितपुरको बागडोलस्थित ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’मा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले स्वर्गिय श्रेष्ठ दम्पतीको शालिकमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा राईले स्वर्गीय श्रेष्ठले द्वन्द्वकालमा सशस्त्र प्रहरी बललाई स्थापना लगत्तै लोकप्रिय तुल्याउँदै उत्कृष्ट सुरक्षा संगठनको रुपमा चिनाउन सफल भएको बताए ।

श्रद्धाञ्जली समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र जीतबहादुर पुन लगाएत सो प्रतिष्ठानका पदाधिकारीहरुले पुष्पगुच्छा चढाई स्वर्गिय श्रेष्ठ दम्पतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं. २०५९ साल माघ १२ गते सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मीले सोहि स्थानमा गोली प्रहारबाट हत्या गरिएको थियो ।

त्यसठाउँमा निर्माण गरिएको ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’मा प्रत्येक वर्ष सो प्रतिष्ठानले उनीहरुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप