बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विप्पा गरेर आर्थिक समृद्धिको आधारशिला तयार गरेँ : बाबुराम भट्टराई

बुधबार, १२ माघ २०७३, १७ : ५८
बुधबार, १२ माघ २०७३
काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम नभई मुलुकलाई समृद्ध बनाउन नसकिने बताएका छन् । संयोजक भट्टराईले पुरानो पार्टीको सोच र संरचना अनुसार मुलुकलाई अघि बढाउन नसकिने अडान पनि दोहो¥याए । काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले अबको राजनीति विकासमूखि हुनुपर्ने आवश्यक्ता पनि औल्याएका थिए । भट्टराईले भारत र चीनबाट लाभ लिन सके नेपालले छिटै आर्थिक समृद्धि हासिल गर्ने पनि उल्लेख गरे । उनले आफू नेतृत्वको सरकारले भारतसँग विप्पा सम्झौता गरेर आर्थिक समृद्धिको आधारशिला तयार पार्ने प्रयत्न गरेको जिकीर पनि गरे । भट्टराईले बाह्य लगानी नभित्र्याई नेपाललाई समृद्ध बनाउन नसकिने तर्क पनि गरेका थिए । संयोजक भट्टराईले मुलुकलाई समृद्ध बनाउन युवा पुस्ता राजनीतिक नेतृत्वमा आउनुपर्ने धारणा पनि राखे । कार्यक्रममा बोल्दै एमाले उपमहासचिव घनश्याम भुसालले काम गर्न सक्नेलाई काम दिन राज्य सक्षम नभएसम्म नयाँ नेपाल बन्न नसक्ने उल्लेख गरे । उनले राज्यले काम गर्न नसक्नेलाई संरक्षण दिने नीति लिनुपर्ने धारणा समेत राखे । उपमहासचिव भुसालले नयाँ नेपालको चित्र कोरिरहँदा भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु पुनरावलोकन हुनैपर्ने तर्क पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप