बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अनुराधालाई भारतमा पद्मीश्रीबाट सम्मान गरिने

बुधबार, १२ माघ २०७३, १७ : ५९
बुधबार, १२ माघ २०७३

 काठमाडौं - माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा भारतले सो सम्मान दिँदै आएको छ ।

गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूचीमा उनको नाम ८९ औँ नम्बरमा रहेको छ । सीएनएन हिरोसमेत रहेकी कोइरालालाई समाज सेवाका लागि यो सम्मान दिन लागेको सूचीमा उल्लेख छ ।

विदेशीबाट उनीबाहेक थाइल्याण्डकी राजकुमारीले पद्म भुषण सम्मान पाउने छिन् ।

यस वर्ष पद्म श्री ६५ जनालाई दिइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप