बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूँजी र प्रविधिको लगानी बढाउने पुल बन्न अवैतनिक वाणिज्यदूतहरुलाई राष्ट्रपतिको आग्रह

बुधबार, १२ माघ २०७३, १८ : ०७
बुधबार, १२ माघ २०७३

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुको समुदाय अनररी कन्सुर कपर्स नेपालले शिष्टाचार भेट गरेको छ ।

भेटका अवसरमा अवैतनिक वाणिज्यदूतहरुको तर्फबाट समुदायका डिन श्रीराम लामिछाने एवम् अन्य महावाणिज्यदूतहरुले आफूले गरिरहेका कार्यहरुका वारेमा संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

भेटको अवसरमा राष्ट्रपति भण्डारीले अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु सम्बन्धित देशका कूटनीतिक प्रतिनिधि सरह रहेकाले नेपाल र आफूले प्रतिनिधित्व गर्ने देशबीचको सामाजिक, आर्थिक तथा साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाई नेपाल र नेपाली जनताको गौरव वढाउने कार्यमा दत्तचित्त हुन आग्रह गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले जानकारी दिए ।

साथै राष्ट्रपति भण्डारीले देशको सर्वोपरी हितमा पूँजी र प्रविधिको लगानी बढाउन नेपाल र सम्बन्धित राष्ट्रबीच पुलको काम गर्न पनि उनीहरुलाई अनुरोध गरेकी थिइन् । ।

उक्त अवसरमा नेपालस्थित ४० देशका अवैतनिक महावाणिज्यदूतरवाणिज्यदूतहरुमध्ये २३ देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु शीतलनिवास पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप