बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, बस पल्टिँदा १९ जना घाइते

बुधबार, १२ माघ २०७३, १८ : १२
बुधबार, १२ माघ २०७३

लमजुङ - लमजुङको भोटेओडारस्थित पैरेमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्रयाक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए । उनकाअनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।

यात्रुबहाक बस पल्टिँदा १९ जना घाइते

पश्चिम चितवनको पटिहानीमा आज मध्यान्ह यात्रुबहाक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप