बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

बुधबार, १२ माघ २०७३, ०८ : २४
बुधबार, १२ माघ २०७३

कैलाली - सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका १८४मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ ।

आव २०७२/७३ मा सबैभन्दा बढी कैलालीमा ७६, कञ्चनपुरमा ६६ मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसार र वन पैदावारको अवैध ओसारपसार पनि कैलाली र कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक सुदीप कोइरालाले जानकारी दिए । उनले वन्यजन्तुको चोरी सिकारीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेकाले नियन्त्रणमा कठिनाइ भइरहेकोे बताए ।

उनले मानव बस्ती जङ्गलको नजिक हुँदा जनावरले स्थानीयवासीको अन्न बाली खाइदिने गरेका कारण स्थानीयवासीले पासो थाप्ने गरेकाले पनि वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको जानकारी दिनुभएको छ । कार्यक्षेत्र बढी तर जनशक्ति कम हुँदा पनि समस्या भएको निर्देशक कोइरालाको गुनासो छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा २५ वटा वनसम्बन्धी मुद्दा दर्ता भएका छन् भने अन्य पहाडी जिल्लामा भने कम मात्रामा मुद्दा दर्ता भएको क्षेत्रीय वन निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

वन पैदावारको अवैध ओसारपसार गर्ने क्रियाकलाप पनि रोकिएको छैन र पक्राउ परेपछि काठ छोडेर भाग्ने र पक्राउ परेका व्यक्तिले अन्यको नाम नभनिदिँदा समस्या हुने गरेको निर्देशक कोइरालाले जानकारी दिए। जिल्ला वन कार्यालयले चालु आवको तथ्याङ्क भने क्षेत्रीय वनमा उपलब्ध गराएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप