बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इसेवा आठौँ वर्षमा प्रवेश, सेवा लिने ५० लाख बढी

बुधबार, १२ माघ २०७३, १८ : ४१
बुधबार, १२ माघ २०७३
काठमाडौ – नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी “इसेवा फोन पे प्रा.लि.” आठौँ वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको इसेवा बुधवारबाट आठौँ वर्षमा प्रवेश गरेको हो । आठ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ५० लाख बढिले सेवा लिइरहेका छन् । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिने सेवा दिइरहेको इसेवाकादेशभर २० हजार भन्दा बढि एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या एक लाख ५० हजार नाघेको छ भने इसेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या ७ लाख बढि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप