बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेप्से निरन्तर ओरालो

बुधबार, १२ माघ २०७३, १८ : ४३
बुधबार, १२ माघ २०७३
काठमाडौँ - केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्दा कारोबार रकम दोब्बरले बढेर रु ५९ करोड पुगेको छ । निरन्तरको ओरालो पछि नेप्से एक हजार ३९६ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक मङ्गलबार २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको थियो । बजारमा उत्पादनमूलकबाहेक सबै समूहका परिसूचक नकारात्मक छन् । जसमा सबैभन्दा बढी बिमा समूह २६७ अङ्कले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक ३६ अङ्कले घटेको छ भने विकास बैंक समूह २९ अङ्कले ओरालो लागेको छ । यस्तै होटल समूह ५८ अङ्कले ओरालो लाग्दा फाइनान्स समूह २४ अङ्कले घट्न पुगेको छ । बजारमा जलविद्युत् समूहको परिसूचक पनि ५१ अङ्कले ओरालो लागेको छ । दिनभर कुल १३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । आज पनि बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप