बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्सी खोलामा खस्दा तीन गम्भीर घाइते

बुधबार, १२ माघ २०७३, ०८ : ४३
बुधबार, १२ माघ २०७३

दमौली - पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–७ स्थित कुम्ले खोलाको पुलबाट आज ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्सी चालक पोखरा घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट पोखरा जाँदै गरेको ग १ ज २१०७ नंको ट्याक्सी पुलको रेलिङ तोडेर कुम्ले खोलामा खसेको हो । तीव्रगतिमा गुडेका कारण ट्याक्सी दुर्घटनामा परेको हो । घाइतेको दमौलीको रत्नहरिमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप