बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फियाट्को नयाँ स्किम– ‘गेट मोर विथ पुन्टो प्युअर’

बुधबार, १२ माघ २०७३, १९ : २६
बुधबार, १२ माघ २०७३
काठमाडौं – नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रा. लि.ले बुधबार आफ्नो नयाँ स्किम –‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउनेछ । अब बेस्ट–इन–क्लास युरोपियन ह्याचब्याक पुन्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउनेछन् । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ विक्री गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप