बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय योजनामा एमाले बाधक : राज्यमन्त्री जवेगू

बिहीबार, १३ माघ २०७३, १४ : ५७
बिहीबार, १३ माघ २०७३

पाँचथर– संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले प्रमुख विपक्षी दल एमालेका कारण प्रस्तावित स्थानीय तहहरुमा ‘नमूना योजना’ सञ्चालन गर्ने सरकारको योजना असफल भएको वताएका छन् ।

घोषणा हुने क्रममा रहेका स्थानीय तहमा विकासको जग हाल्न प्रत्येक स्थानीय तहमा १ देखि ५ करोड रुपैँयाको लागतमा नमूना योजना सञ्चालन गर्ने तयारी गरिएपनि एमालेले पुरक बजेट ल्याउन नदिँदा योजना सञ्चालन नभएको बताए ।

विहीवार पार्टी नेताकार्यकर्तासँगको भेटघाटमा जगेवुले भने ‘बजेटको २० प्रतिशत नबढाई पुरक बजेट ल्याउन सकिन्थ्यो । पुरक बजेट मार्फत पाँचथरमा समेत प्रस्तावित ८ स्थानीयतहमा ८ ओटा नमूना योजना सञ्चालन हुन्थे तर सकिएन ।’

चालू आर्थिक बर्षको बजेट १० खर्वको रहेको, २ खर्वको पुरक बजेट ल्याउन सक्दा देशैभरका सबै स्थानीय तहमा नमूना योजना सञ्चालन गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेट पाउने भएपनिअव पूरक बजेट आउने सम्भावना अन्त्य भएको मन्त्री जवेगूको भनाई थियो । जवेगूले अव रकमान्तर गरेर भएपनि केहीनमूना योजना सञ्चालन गर्ने तयारी मन्त्रालयले गरिरहेको जानकारी पनि दिए ।

३ करोड प्रत्यक्ष निर्वाचितको मात्रै होइन

निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमको योजना छनौटका लागि पाँचथरबाट प्रतिनिधित्व गर्ने जवेगू जिल्ला आएका हुन् । उक्त कार्यक्रम अन्तर्गतको ३ करोड बजेट प्रत्यक्षनिर्वाचित सांसद्ले छनौट गरेका योजना मात्रै कार्यान्वयन हुन नदिने जवेगूले वताए । “प्रत्यक्ष निर्वाचित सांसद्ले एकलौटी गरे हुन्छ भन्ने आमबुझाई छ । तर, नियमतः समानुपातिक वा मनोनित सांसद्को पनिउत्तिकै हक छ ।” जवेगूले प्रचलित ऐन, कानूनमा टेकेर मात्रै योजना कार्यान्वयन हुन सक्ने वताए ।

चुनावका लागि तयार हुन आग्रह मन्त्री जवेगूले अवको एक हप्ता भित्रमा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने पनि वताए । पत्रकार सम्मेलनमा जवेगूले भने ‘स्थानीय तह सम्बन्धिकानूननिर्माणको काम सकिनलाग्यो । स्थानीयतहको पनि टुङ्गो लाग्यो । अव चाँडै निर्वाचनको मिति घोषणा हुन्छ । यसमा सबै ढुक्क भए हुन्छ ।’ जवेगूले माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई स्थानीय तहको चुनावका लागि तयार हुन आग्रह गरे ।

वेथितिविरुद्ध सहकार्य गर्छु

मन्त्रीजवेगूले सरकारी निकायमा रहेका वेथितिविरुद्ध लड्न पत्रकारहरुलाई आग्रह गरे । ‘तपाईँहरुले यस्ता बिषयलाई उदाङ्गो पारिदिनु प¥यो’ जवेगूले भने ‘वेथितिहरु विरुद्ध म सधैँ सहकार्य गर्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप