बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम क्षेत्रिय व्यापारिक तथा पर्यटन महोत्सव सुरु

बिहीबार, १३ माघ २०७३, ०८ : ०१
बिहीबार, १३ माघ २०७३
दाङ– दाङको तुलसीपुरमा बिहिबारबाट मध्यपश्चिम क्षेत्रिय व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला सुरु भएको छ । सभागृह निर्माणसँगै पर्यटकीय ,सांस्कृतिक तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको तुलसीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । ५ लाख दर्शकहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको महोत्वसव अवधिभर २० करोड आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड आर्थिक वचत गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन हुनुपुर्व गाउँगाउँबाट झाँकीसहितको ¥याली निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप