बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

थिएटर मल नाटकघर बन्यो अस्पताल

बिहीबार, १३ माघ २०७३, १५ : ०४
बिहीबार, १३ माघ २०७३

काठमाडौं – थिएटर मल नाटकघर अहिले अस्पताल बनेको छ । शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ले यो ठाउलाई अस्पताल बनाएको हो ।

‘बेड नं ९९’ नाटक महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्वहरु मार्फत कथा दृश्यमा उतारेका छन् ।

नाटकमा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरिरहेका छन् ।

‘बेड नं ९९’ नाटक एक लोग्नेको कथा हो । जसले संगैको अर्को बेड नं ९८ को कथा बोल्छ बोलेको छ । नाटकले मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ । नाटक बुधबारबाहेक माघ २९ सम्म हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि राखिएको छ ।

– फरक फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसँगको सहकार्यमा यो नाटक प्रस्तत गरेको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए ।

– नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा रहेको बताउँदै पात्रहरु शरीर उभिएर र हावभाव गर्दा रोमाञ्चित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप