बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उमेर हद तोकेर त्रिविले गम्भीर भूल गर्यो : नेविसंघ

बिहीबार, १३ माघ २०७३, १५ : ०८
बिहीबार, १३ माघ २०७३

काठमाडौँ – सत्ता साझेदार नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थी संघले स्ववियू निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्वविद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ ।

नेपाल विद्यार्थी संघका उपाध्यक्ष सागर परियारले मिश्रीत निर्वाचन प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियू निर्वाचनमा भाग नलिने र जबरजस्ती गर्न खोजे प्रतिकारमा उत्रिने चेतावनी समेत दिए ।

काठमाडौंमा बिहिबिार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संघकी अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थीहरुको हक, हितमा काम गर्ने स्ववियूको निर्वाचनमा उमेर हद तोक्नुको कुनै तुक नरहेको उल्लेख गरिन् ।

त्यस्तै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाण्डौँका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियू निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने जिकीर गरे ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति घोषणा गरि सकेको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी निर्वाचनको तयारीमा जुटिसकेको छ भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले निर्वाचनको कार्यतालिका तत्काल घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई दवाव दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप