बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डाउनटाउन अपार्टमेन्टको आकर्षक उपहार

बिहीबार, १३ माघ २०७३, १६ : ०५
बिहीबार, १३ माघ २०७३

काठमाडौं – डाउनटाउन हाउजिङ कम्पनी प्रालिले ग्राहकहरुलाई नयाँ अपार्टमेन्ट किन्नेमध्ये एकजना भाग्यशाली ग्राहकलाई किया सोल इको इलेक्ट्रिक गाडी उपहार प्रदान गर्ने योजना अघि सारेको छ ।

योजना अन्तर्गत ग्राहकले हाम्रो डाउनटाउन अपार्टमेन्ट जसको मुल्य ५८ लाख रुपैंयाँको हाराहारीमा पर्छ, उक्त अपार्टमेन्ट खरीद गर्नु हुने ग्राहकहरु मध्ये एकजनालाई किया सोल इको इलेक्ट्रिक गाडी उपहार वापत् प्रदान गर्ने जनाएको छ ।

पूर्णतया भूकम्प प्रतिरोधी एवं उच्च गुणस्तरका निर्माण सामग्रीहरुको प्रयोग गरेर आधुनिक विधि विधानका साथ वास्तु अनुकूल तवरले निर्माण गरिएका डाउनटाउनका अपार्टमेन्टहरु अत्यन्त मनोरम स्थलमा अवस्थित रहेका छन् ।

अपार्टमेन्टको बसाईले हर दिन ग्राहकलाई मन्त्रमुग्ध तुल्याउँनुका साथै आधुनिक जीवनशैलीको आत्मसात् गर्नसक्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप