बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोकर्ण फोरेस्ट रिसोर्टमा ‘फोर्डको वाइडरनेस् गेट–अवे’ हुने

बिहीबार, १३ माघ २०७३, १६ : ११
बिहीबार, १३ माघ २०७३

काठमाडौँ – काठमाडौको गोकर्ण फोरेष्ट रिसोर्टले माघ १५ गते गोकर्ण फोरेस्ट रिसोर्टमा फोर्ड वाइडरनेस् गेट–अवेको आयोजना गरेको छ ।

जसअन्तर्गत सम्पूर्ण मनोरञ्जनका लागि विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरु पनि राखिएको छ ।

यो कार्यक्रममा सहभागी हुन फोर्डका थापाथली अफिसमा आफ्नो नाम रेजिष्टर गर्नु पर्ने र शनिवार पूरा परिवारका लागि खाजा तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । कार्यक्रममा फोर्डले आफ्ना गाडीको कौशलता प्रदर्शनका लागि दुई टेस्ट ड्राइभ रुट समेत राखेको छ ।

इन्डेभर र रेन्जरको लागि बीच जंगल, खाल्डाखुल्डी युक्त विशिष्ट तवरले बनाएको अफ रोड बाटो वा ग्राहकले फोड फिगो, एसपाइस वा इको स्पोर्टमा गोकर्ण क्षेत्रमा चलाइ यी गाडीहरुको क्षमता र कौशलताको अनुभव गर्न सक्ने बताइएको छ ।

कार्यक्रम सहभागी हुने सम्पूर्णको लागि एक अविष्मरणिय दिन हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप