बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार : दोहोरो अङ्कको गिरावट

बिहीबार, १३ माघ २०७३, १६ : २५
बिहीबार, १३ माघ २०७३

काठमाडौँ - धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप