बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ठूलालाई सानाको सिण्डिकेट

बिहीबार, १३ माघ २०७३, १० : ३०
बिहीबार, १३ माघ २०७३

भोजपुर –दिङ्गला–भोजपुर सडकमा ठूला बस सञ्चालन गर्न नदिएपछि साना ल्याण्डरोभर गाडीको एकलौटी हुदाँ यात्रु मारमा परेका छन । पटक–पटक ठूला बस सञ्चालनको लागि स्थानीयवासीले माग गरेपनि साना गाडीले सञ्चालन गर्न नदिएपछि यात्रुहरु मारमा परेका हुन् ।

जिल्लाभरका ग्रामिण तथा कृषि सडकहरुमा ल्याण्डरोभर गाडीको एकलौटीका कारण दुर्गम गाउँदेखि भोजपुर सदरमुकाम आवतजावत गर्ने सर्वसाधरणले मारमा परेको बताएका छन् । समयमा गाडी नचल्ने, महङ्गो भाडादर र गाडीवालाको व्यवहारको कारण आजित बनेको सर्वसाधारणको गुनासो छ ।

महङ्गो भाडादर र समयमा नचलाउने कारणले सर्वसाधरणहरु सडक सञ्जाल विस्तार भएपनि २ देखि ३ दिनसम्म हिडेर सदरमुकाम ओहोरदोहोर गर्नुपर्ने बाध्यता बनेको छ । ‘भोजपुरदेखि दिङ्गलासम्म ५ सय भाडा तिर्नुपर्छ त्यो पनि कतिवेला जाने हो टुंगो छैन’ यात्रु सौगत गौतमले बताए । ‘गाडीको लापारवाही छ, मनपरी भाडा हुन्छ वर्षातको समयमा, कहिले पनि समयमा लादैन, दिङ्गला कुनबेला पुग्ने हो टुंगो हुदैन,’ गौतमले गुनासो गरे ।

नगरपालिका क्षेत्रभित्रको ग्रामिण र कृषि सडकसमेत जोडिँदा ठूला बसको सञ्जाल अझै जोडिन सकेको छैन । ‘बस सञ्चालनको लागि नगरपालिकाले समेत चासो दिएको छैन, भोजपुर–दिङ्गलाको भाडा समेत गलत तरिकाले निर्णय गरेर तोकिएको छ, षडानन्द नगरपालिका–८ का गीता राई भन्छिन् ‘साना गाडीले एकलौटी गरेको छ, यो प्रथालाई हामी सबैले चासो दिएर तोडनुपर्छ । लोकल समेतलाई ठाउँ दिइन्दैन’ । भोजपुर–घोरटार ४८ किलो मिटर, लेर्खकको पाँचधारे ४४ किलोमिटर, दिङ्गला ३८ किलोमिटर, वयाङ्ग, वालांखा, यूँ, झ्याउपोखरी लगायतको क्षेत्रमा साना गाडी कुद्ने गरेको छ । सदरमुकामबाट छुट्ने प्रायः सबै ल्याण्डरोभर गाडीले महंगो भाडादरमा यात्रुहरुलाई बोक्ने गरेको छ । ‘गाउँबाट विरामी बोकेर लानुपर्दा कुनै हिसाव हुदैन भाडामा बार्गेनीङ्ग हुने गरेको छ, नाम नबताउने सर्तमा एकले भने ‘२५ देखि ४० हजारसम्म तिरेर विरामी जिल्लाभन्दा वाहिर लानुपरेको छ ।’

पटक–पटक वस सञ्चालनको लागि स्थानीयवासी र सरोकारवाला निकायहरुले पहले नगरेका होइनन् । भोजपुरदेखि बैदारभन्ज्याङ्गसम्म केहि समयअघि यात्रुहरुको मागमा ठूला बस सञ्चालन गरिए पनि सानो गाडीको दवदवाको कारण ३ दिनपछि बन्द भएको थियो । ट्याक्सी व्यवसायीहरुको एकलौटी भएको कारण हामीले पनि पहल गरेका छैनौ । वस व्यवसायी र ट्याक्सी व्यवसायीहरुको सहमती भएमा बस सञ्चालन गर्न सकिने नेकपा एमालेका सदस्य भोजबहादुर भुजेलले बताए । साना गाडीको एकाधिकार भएको कारण पनि या समस्या आएको हो, वस सञ्चालनको लागि सम्वन्धित निकायले सोच्नुपर्छ सदस्य भुजेलले बताए ।

बस सञ्चालनको लागि अवाश्यक सडक मर्मतको लागि षडानन्द नगरपालिकाले कुनै चासो दिएको छैन । नगरपालिकाको कार्यकारी अधिकृत र त्यस क्षेत्रका राजनीतिक दल सरोकारवाला निकाय समेत सडक मर्मत र सञ्चालनमा वेखबर बनेको छ । दिङ्गला–सतिघाट सडकलाई वर्षभरि सञ्चालन गराउन दिङ्गलावासी सहमत भएको छ, षडानन्द नगरपालिका दिङ्गलाका कार्यकारी अधिकृत हर्षबहादुर थापाले बताए । सडक मर्मतको लागि दिङ्गलादेखि तिन्तलेसम्मको सडक फराकिलो बनाउनु हामीले मिल्दैन जिविस भोजपुरले सडक हेर्ने गरेको छ । अधिकृत थापाले बताए । सडक मर्मतमा केउरेनीपानी, मुलपानीलाई मात्र हेरेर अरु वडाहरुलाई नहेर्ने गरेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

यता, वस व्यवसायी संघ भोजपुरले बस सञ्चालनको लागि पटक–पटक पहल गरेको जनाएको छ । ‘हामी बस सञ्चालनको लागि ३ पटक सम्म दिङ्गला गयौ तर त्यस वेला त्यसक्षेत्रका वासिन्दा कसैको उपस्थिती रहेन,’ संयुक्त वस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए । ‘वस सञ्चालनका लागि जिल्लाको सबै ठाउँको लागि पहल गरिरहेका छौ, कसैले चासो दिएको छैन, चासो दिए हामी आफै नै सडक मर्मत गरेर भए पनि बस कुदाउँछौ’, अध्यक्ष मोक्तानले भने ।

भोजपुरदेखि घोरेटारसम्मको बस पु¥याउनको लागि सडक मर्मत भइरहेको छ । सडक मर्मतपछि दैनिक वस सञ्चालन हुने भएको छ । दिङ्गला–भोजपुर सडक मर्मतको लागि माग आएको छैन । तुरुन्त माग आएमा सर्वदलिय बैठक मार्फत छलफल गरेर योजना तयार गर्छाै, स्थानीय विकास अधिकारी सीता परियारले बताइन् ।

यता, जिल्ला प्रशासन कार्यालयले भने बस सञ्चालन गर्न नदिएमा कडा कारवाही गर्ने बताएको छ । हामीले रुट परमिटको लागि सिफरिस गर्दा नै ठूला वसकोे लागि प्रति किलो मिटर ७ रुपैया र साना गाडीको लागि प्रतिकिलो मिटर १० रुपैया तोकिएको छ । बस सञ्चालन गर्नको लागि ठूला बस सञ्चालनको लागि रुट दिइएको छ । कसैले सञ्चालन गर्न दिइएको छैन भने कारवाही हुन्छ प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए । हामीले भोजपुर सदरमुकामबाट एयरपोर्टसम्मको भने दररेट तोकिएको छैन, प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप