बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाका पूर्वमन्त्री पक्राउ

बिहीबार, १३ माघ २०७३, १६ : ४५
बिहीबार, १३ माघ २०७३
जाकर्ता - इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो । उनी तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री भएका थिए। उनलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उनलाई नियन्त्रणमा लिएको बताएका छन् । अगुसले बुधबार भने, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उनीअनुसन्धानकै क्रममा रहेकाले उनका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिए। पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप