बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल भारतबीच सम्बन्ध अझै प्रगाढ हुनेछ : प्रवण मुखजी

बिहीबार, १३ माघ २०७३, १७ : १०
बिहीबार, १३ माघ २०७३

काठमाडौ– भारतीय राष्ट्रपति प्रवण मुखर्जीले नेपाल भारतबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति मुखर्जीले नेपालको दिगो शान्ति र राजनीतिक स्थायित्वमा पनि जोड दिएका छन् । भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भारतीय राष्ट्रपति मुखर्जीले पठाएको सन्देशमा नेपाल भारतबीचको सम्बन्ध सदियांै पुरानो रहेको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा राजदुत रञ्जित रायले राष्ट्रपति मुखर्जीको शुभकामना सन्देश पढेर सुनाएका थिए । यसैबीच, भारतले आफनो स्वतन्त्रता दिवसको अवसर पारेर नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार समेत दिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर भारतीय दुतावासले सदाझैं यस वर्ष पनि एम्बुलेन्ससहितका सवारी साधन उपहार दिएको हो ।

भारतीय राजदुत रञ्जित रायले भारतीय सेनाको भूपू सैनिकका परिवारलाई आर्थिक सहायतासमेत प्रदान गर्नु भयो । भारतीय दुतावासले गणतन्त्र दिवसको अवसर पारेर हालसम्म नेपालमा ६ सय २ वटा एम्बुलेन्स र १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप