बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रौतहटका सरकारी कार्यलयमा लेखनदासबाट सेवाग्रही मारमा

बिहीबार, १३ माघ २०७३, १७ : २८
बिहीबार, १३ माघ २०७३

गौर –रौतहटस्थित मालपोत कार्यालय,नापीशाखा,भुमिसुधार,जिल्ला प्रशासन,जिल्ला अदालत लगायतका कार्यालयहरुमा काम बिषेशले जाने सेवाग्रही लेखनदासहरुबाट ठगिने गरेका छन् । नियमन गर्ने निकायले ध्यान नदिएका कारण लेखनदासहरुले राजश्व तिर्ने नाउँमा सेवाग्रहीसँग जथाभावी रकम असुल्ने गरेका हुन् ।

गत सोमवारमात्र स्थानिय लक्षमिनिया गाविस हिमालीवास निवासी बलबहादुर माझी सोही ठाँउको १० कठा सातधुर जग्गा रजिष्टेशन गराउन मालपोत कार्यालय गौर गए ।

जग्गा पासगर्न रजिष्टशनको कागज बनाउन कपिलदेव साह नामक लेखनदासकोम पुगेर बिक्री गर्ने खरी गर्ने दुबैपक्षले पुर्जा बनाए ।

जव फर्म भरीसकेपछी लेखनदास साहले माझीलाई राजश्व तिर्न र लेखाईबापत कुल ७२ हजार रुपैया लाग्ने बताए तव उनी छागाबाट खसे झै भए ।

रकम धैरैभो भनेर माझीले आनाकानी गरेपछी लेखनदास साह केहीबेर पर्खेर मालपोतका कर्मचारीलाई मिलाएझै गरी ६४ हजार भन्दा घटिले हुदै नहुने बताए ।

लेखनदासको यस्तो चर्को मुल्य सुनेर आत्तिएका पीडित माझीले पुर्व प्रधानमन्त्री माधव कुमार नेपालका पिए रहीसकेका बिशाल तिम्मलसिनालाई मोबाईलफोन मार्फत आफनो समस्या सुनाए ।

तिम्मलसिनाको अनुरोधमा पत्रकार संजय मिश्रा माझीलाई सैगै मालपोत कार्यालय प्रमुख सिकेन्द्र साहको कक्षमा गएर बुझदा २२ मात्र हजार राजश्व तिरे पुग्ने बुझियो । यसअघि पनि एकजना अर्का लेखनदासले राजश्वको नाउमा चन्द्रनिगाहपुरका शेवाग्रहीसंग बढी लिएको ४० हजार रुपैयाँ आफुले फिर्ता गराएको नेपाल पत्रकार महासंघ रौतहटका सदस्य बिपिन गौतमले बताए ।

यसरी ठगिने दुईजना सेवाग्रही त उदाहरण मात्र हुन ,रौतहटस्थित सरकारी कार्यालय हरुमा काम बिषेशले आउने दर्जर्नाै सोझा शेवााग्रहीहरु यसरी नै ठगिदै आएका छन् । मालपोत कार्यालय प्रमुख साहले पनि लेखनदासबाट सेवाग्रही ठगिने समस्या बर्षौदेखी चल्दैआएको स्विकारेका छन । उनले ठगीगर्ने सुचिमा रहेका केही लेखनदासलाई आफुले निगरानीमा राखेको बताउदै नियन्त्रणको लागी पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन । उता, प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले पीडितले त्यस्ता लेखनदासबिरुद्ध जानकारी गराए कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप