बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक्काइस महिनापछि रगनीमा बल्ल अनुदानको पहिलो किस्ता

बिहीबार, १३ माघ २०७३, १७ : ४२
बिहीबार, १३ माघ २०७३

ओखलढुंगा–श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको आज शुभारम्भ गर्दै उनले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि जनप्रतिनिधिले पु¥याएको योगदान अनुकरणीय चर्चा समेत गरे ।

सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गरेका थिए । कार्यक्रममा सांसद रामहरी खतिवडा, यज्ञराज सुनुवार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागाईलगायतले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिए ।

एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ । ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको स्थानीयले गुनासो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप