बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महानगरले नेपाली सेनालाई एम्बुलेन्स दियो, सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने

बिहीबार, १३ माघ २०७३, १७ : ४५
बिहीबार, १३ माघ २०७३

काठमाडौं– काठमाडौं महानगरपालिका कार्यालयले नेपाली सेनालाई आफ्नो मातहतमा रहेको बा १ झ ९१४७ नं. को एम्बुलेन्स प्रदान गरेको छ । बिहीबार सेनिक मुख्यालयमा आयोजित कार्यक्रममाझ महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले नेपाली सेनाको मातहतमा रहने गरी उपरथी डा. किशोरजंग राणालाई आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्रीसमाविष्ट रिमुभेवल हस्पिटलसहितको एक थान एम्बुलेन्स हस्तान्तरण गरे । कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङले महानगरको यो सहयोग विपद् व्यवस्थापनमा महानगर र सुरक्षा निकायबीचको सहकार्यको निरन्तरता भएको बताए । नेपाली सेना र महानगरवीच सहरी सुरक्षा र सुन्दरता अभिवृद्धिका क्षेत्रमा सहकार्य भइरहेको जनाउँदै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्ले नागरिकको अड्डा र सुरक्षा अड्डावीचको सम्बन्धबाट नागरिकले प्रत्यक्ष लाभ लिने उल्लेख गरे । कार्यक्रममा नेपाली सेनाका उपरथी डा. राणाले नेपाली सेनाले, पदबहाल रहेका सेना र तिनका परिवार, सेवा निवृत्त सेना र तिनका परिवारकालागि मात्र नभइ आपत् विपद्मा रहेका नागरिकको सेवाका काम गरिरहेको बताउँदै महानगरले उपलब्ध गराएको एम्बुलेन्स त्यस्तै सेवामा प्रयोग गर्ने बताए । विशेष परिस्थितिको सामना गर्ने वेलामा सर्वसाधारणहरुलाई निःशुल्क सेवा उपलब्ध गराउनकालागि हस्तान्तरण गरिएको सो एम्बुलेन्स महानगरलाई चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको हो । एम्बुलेन्समा एउटा फायर इस्टिङ्ग्वीसर, दुई वटा अक्सिजन सिलिण्डर, दुई वटा टेलिफोन सेट, एउटा रियर भ्यु मोनिटर, एउटा ग्लास व्रेकर, एउटा स्पेयर टायर, दुई वटा व्याट्री लगायतका सामाग्री तथा उपकरण छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप