बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बैशाखमै खुल्ने भयो ‘ब्ल्याक डायरी’

बिहीबार, १३ माघ २०७३, ०६ : ५०
बिहीबार, १३ माघ २०७३

काठमाडौं – युवा पिढींका दर्शकलाई मध्यनजर गरेर निर्माण गरिएको चलचित्र ‘ब्ल्याक डायरी’ बैशाखमा प्रदर्शन हुने भएको छ ।

स्टन्ट, थ्रील र मिसनमा आधारित यो चलचित्र अहिले सेन्सरमा पुगेको निर्माण युनिटले जानकारी दिएको छ । पूर्ण मनोरञ्जनलाई ध्यानमा राखेर चलचित्र ब्ल्याक डायरी निर्माण गरिएको प्रस्तुतकर्ता सविन शाक्यले बताए ।

रमेश सिंह ठकुरी, भुवन के.सी. पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राई लगायतका कलाकारहरुको अभिनय समेटिएको चलचित्र आधुनिक प्रबिधि र प्रस्तुतीलाई ध्यानमा राखेर निर्माण गरिएको हो ।

क्याट भिजन प्रोडक्सन प्रा.लिको ब्यानरमा अनोज अघिकारीको निर्माण गरेको यो चलचित्र सुजन घिमिरेले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप