बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

शुक्रबार, १४ माघ २०७३, १४ : ५६
शुक्रबार, १४ माघ २०७३

काठमाडौं – तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको छ ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीलाई उद्दार गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको  हो ।

उनीहरु कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए ।

तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको हो ।

त्यसलगत्तै कतारमा रहेको नेपाली दुतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका छन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा बुझाएको रकम फिर्ता दिलाउने पहल थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप