बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अनलाइनमा लिक भयो ‘रइस’ र ‘काबिल’

शुक्रबार, १४ माघ २०७३, ११ : ३०
शुक्रबार, १४ माघ २०७३

मुम्बई – शाहरुख खान अभिनित चलचित्र रइस अनलाइनमा लिक भएको छ । त्यस्तै, ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ पनि लिक भएको छ ।

बुधबार रिलिज भएका दुवै चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको छ ।

यस्ता साइटहरुमा पाइने चलचित्रको ‘क्वालिटी’ राम्रो नभएपनि मानिसहरुले पैसा जोगाउन यस्ता चलचित्र डाउनलोड गरेर हेर्ने गरेका छन् ।

यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो ।

त्यस्तै, सुल्तान, माझी द माउन्टेन म्यान र उड्ता पञ्जाव भने चलचित्र रिलिज हुनभन्दा अघि नै लिक भएको थियो ।

यसरी चलचित्रको पाइरेसी बढ्दा उनीहरुको बक्स अफिल कलेक्सनमा असर देखिने जानकारहरु बताउँछन् ।

रइस र काबिलका निर्माताहरुले यसबारे अधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप