बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

शुक्रबार, १४ माघ २०७३, ११ : ५४
शुक्रबार, १४ माघ २०७३
बार्सिलोना – म्यान्चेस्टर सिटीका पूर्व खेलाडी डेनिस सुवारेजको दुई गोलको मद्दतले रियल सोसिडाडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ५–२ को जीत निकाल्दै बार्सिलोना कप प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको बार्सिलोनका लागि सुवारेजले खेलको १७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा उनले अर्को गोल थपे भने लियोनेल मेस्सी, लुइस सुवारेज र आड्रा टुरानले एक एक गोल गरे । सोसिडाडका लागि जुनामी र विलायन जोसेले एक–एक गोल गरे । बार्सिलोनाले प्रतियोगिता किर्तिमानी २८ पटक जितेको छ र यसको सेमिफाइनलमा पुगेको यो लगातार सातौँ सिजन हो । रियल म्याड्रिड भने प्रतियोगिताबाट बाहिरिसकेको छ । सेमिफाइनलमा एथ्लेटिको म्याड्रिड, सेल्टा भिगो र आलाभेज पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप