बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टिकट किनाएर ‘डकुमेन्ट्री शो’ का आयोजक नै गायब

शुक्रबार, १४ माघ २०७३, १२ : १४
शुक्रबार, १४ माघ २०७३

इटहरी - पूर्वाञ्चल लागुऔषध रोकथाम सरोकार केन्द्रको सहयोगार्थ भनि आयोजना गरिएको डकुमेन्ट्री शोमा आयोजक नै नआएपछि आफुहरु ठगिएको भन्दै टिकट खरिदकर्ताहरु आक्रोशित भएका छन् ।

इटहरी स्थित मनशान्त होटलमा बिहिबार साझ तोकिएको समयमा लागुऔषध रोकथामको बिषयमा बनेको दुव्र्यशनीको नतिजा नामक डकुमेन्ट्री शोमा आयोजन नै नआएपछि आफुहरुले खरिद गरेको टिकटबाट ठगिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।

माता पाथिभरा फिल्म प्रा.लिको ब्यानरमा निर्माण गरिएको डकुमेन्ट्री शोमा इटहरीका स्थानिय, व्यवसायी, बिद्यार्थी तथा महिलाहरुले दुई सय, दुई सय पचास, पाँच सय र हजारको टिकट खरिद गरेका थिए । टिकट लिएर डकुमेन्ट्री हेर्न आएका दर्शकहरुले ४ बजे भनिएको शो ६ बजे सम्म पर्खिएका थिए । दुई घण्टासम्म पनि आयोजक नै होटलमा उपस्थित नभएपछि आफुहरु ठगिएको दाबी गरे ।

दुई हप्ता पहिले देखी नै डकुमेन्ट्री शो को लागि भन्दै इटहरीका व्यवसायी, घरघरका गृहणी, चिकित्सक, कलेजका बिद्यार्थीहरुलाई टिकट सहयोगार्थ रकम आयोजकले उठाएका थिए ।

होटल मनशान्तमा आयोजक बिहानसम्म रहेर हलमा कुर्सी र साउण्ड सिस्टम मिलाएका थिए । तर ११ बजे पछि आयोजक नै गायब भएको होटल संञ्चालकले बताए । होटलको गेट अगाडी सादा कागजमा डकुमेन्ट्री शो स्थगित भएको जानकारी सहितको सूचना टाँस गरेका थिए ।

एता आफुहरु ठगिएको भन्दै पूर्वाञ्चल लागुऔषध रोकथाम सरोकार केन्द्रको बिरुद्ध प्रहरीमा उजुरी समेत दिने पिडित दर्शकहरुले बताए । ६० जना पिडित दर्शकहरु आफुहरु पिडित भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा समस्याको जानकारी दिने बताए ।

टिकटमा डकुमेन्ट्रीको मुख्य सहायक निर्देशकमा दिपक अधिकारीको नाम लेखिएको छ । साथै टिकमा भएको नम्बरमा सम्पर्क गर्दा समेत फोन अफ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप