बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नीता ढुङ्गानालाई १० प्रश्न : ‘प्रेमीलाई पनि किक हानेकी छु’

शुक्रबार, १४ माघ २०७३, १२ : ४६
शुक्रबार, १४ माघ २०७३

अभिनेत्री नीता ढुङ्गाना पछिल्लो समय प्रेम पिडामा छिन् । आमेस भण्डारीसँगको उनको प्रेम र रोमान्स खासै लामो समय टिक्न सकेन । ‘त म र उ’ अभिनय सिलसिला आमेससँग झाँगिएको उनको प्रेम चलचित्र प्रदर्शनको समयसम्म आउँदा ब्रेकअफमा पुगिसकेको थियो । यही प्रेम पिडाका कारण छोटो समय अभिनयबाट बाँहिर रहेकी उनी अहिले फेरि फर्किएकी छिन् ।

म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी नीता नेपाली चलचित्रकी चलेकी अभिनेत्री पनि हुन् । म्युजिक भिडियो निर्माता निर्देशकको समेत रोजाईकी मोडल नीताले चलचित्रको तुलनामा म्युजिक भिडियो भने धेरै अभिनय गरेकी छन् । लोक, पप तथा आधुनिक सबै खाले म्युजिक भिडियोकी मोडल बन्ने गरेकी अभिनेत्री नीतालाई रातोपाटीले राखेको दश प्रश्न ।

मेकअपका लागि कति समय लाग्छ ? धेरै समय त लाग्दैन । त्यस्तै आधा घन्टा जति लाग्छ होला । किनभने मलाई हेबी मेकअप मनपर्दैन । सुहाउदैन जस्तो पनि लाग्छ । नेचुरल मेकअप नै मनपर्छ मलाई । म प्रायः म्याककै सामान प्रयोग गर्छु ।

फिटनेशमा कति ध्यान दिनुहुन्छ ? हल्का फुल्का गर्छु । मेरो एक्सरसाइज अहिले घटेको छ । तर पुरै छाडेकी भने छैन । अचेल जिम क्लबमा गएर ट्रेडमिलका कुद्ने गर्छु ।

फेसनमा कति सचेत हुनुहुन्छ ? समय, मौसम र चलन चल्तीको फेसनलाइ नै फलो गर्न मलाई मनपर्छ । जस्तो फेसन चलेको छ, त्यो अनुसार आफुलाई ढाल्न कुनै आपती छैन । जाडोमा म लामो कोट, पाइन्ट र टिसर्ट लगाउछु, भने गर्मी महिनामा मलाई वान पिस बेटर लाग्छ ।

धेरै मनपर्ने डिस छ ? मलाई मनपर्ने छ नेपाली दाल भात तरकारी नै हो । यसमा अचार मिसाउँदा अझ टेस्टी लाग्छ । संसारको जुनै ठाउँमा गएपनि म यो खाना भुल्न सक्दिन ।

कस्तो डेटमा जान मनपर्छ ? क्यान्डिलाइट डिनर होस् । अँध्यारो पनि नहोस् र उज्यालो पनि नहोस् । समुन्द्रको छेउमा वा खोलको छेउमा शान्त वाताबरण होस् । अरु केही चाहिन्न ।

रोजेको ब्यक्तिसँग डेटको अफर मिल्यो भने ? टोम क्रुजसँग जाने रहर छ । किन–किन उहाँ मलाइ निकै राम्रो लाग्छ ।

धेरै रिसाउनु हुन्छ रे होइन ? हो, एकदमै रिस उठ्छ मलाइ । रिसाउन पनि कारण चाँहिदैन । आफुलाई अलिकति हर्ट भयो, भने रिस उठिहाल्छ । कसैले झुठ बोल्यो भनेपनि रिस उठ्छ ।

कस्तो पुरुष मनपर्छ ? सबै मानिस एकसय प्रतिसत सही हुदैनन् । म जस्तु छु सबैलाई स्वीकार गरेर माया गर्ने पुरुष नै मलाई मनपर्छ । राम्रो पक्षमात्र होइन नराम्रो पक्ष पनि अपनाउने पुरुष मेरो नजरमा सही पुरुष हो ।

आफ्नै शरिरको सबैभन्दा बढी मनपर्ने अंग नी ? मलाई मेरो आँखा राम्रो लाग्छ । मलाई मात्र होइन, धेरैले मेरो आँखा मन पराउँछन् । धेरैले तिम्रो आँखा राम्रो छ भन्ने गरेका छन् ।

अहिलेसम्म कसैसँग झगडा परेको छ ? धेरैलाई किक हानेको छु । सुटिङमा मात्र होइन । बास्तिबिक जीवनमा पनि । रिल लाइफ छाडेर रियल लाइफको हेर्ने हो भने भाइ, दिदीबैनी र पे्रमीलाई पनि किक हानेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप