बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओलीको पुस्तक विमोचनमा कसले के भने ?

शुक्रबार, १४ माघ २०७३, १३ : ३१
शुक्रबार, १४ माघ २०७३

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबारे प्रकाशित पुस्तक विमोचन गर्दै आफूलाई टुक्केवाज भन्नेहरुका लागि जवाफ भएको बताएका छन् ।

शुक्रबार ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तक विमोचन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘जसले ओली टुक्केवाज हो भन्छन्, उनीहरुले यो किताब पढेपछि थाहा पाउँछन्, यो पुस्तकमा टुक्का होइन देशलाई समृद्ध बनाउने भिजन, विचार र नीति छ ।’

उनले यो पुस्तकमा देशको समस्या समाधान गर्ने उपाय समेत रहेको उल्लेख गरे ।

‘म प्रधानमन्त्री हुँदा जति पनि काम गरे निष्ठा र इमान्दारिताका साथ देश र जनताका लागि गरेँ,’ उनले भने, ‘राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्रको लागि म सँधै प्रतिबद्ध रहनेछु ।’

नेकपा एमालेद्वारा प्रकाशित उक्त पुस्तकमा ओली प्रधानमन्त्री हुँदा गरेका सम्बोधन, वक्तव्य आदिलाई संग्रहित गरिएको छ ।

ओलीको पुस्तक विमोचनमा कसले के भने ?

–एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नौ महिने कार्यकालका सम्बोधन र वक्तव्यहरुको संग्रह ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तक राजधानीमा विमोचन गरिएको छ ।

-पछिल्लो समय ओलीलाई कतिपयले राष्ट्रवादी नेताको उपमा दिने गरेका छन् । तर ओलीले प्रधानमन्त्री हुदा गरेका सम्बोधन र वक्तव्यको संग्रहको विमोचनमा भने एमालेकै दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल भने सहभागि भएनन । आयोजक प्रेस चौतारी रहेको सो कार्यक्रममा उक्त पुस्तकमाथि पत्रकार ,मानवधिकारवादी र लेखकहरुले टिप्पणी गरेका थिए ।

अश्विनी पुडासैनी : पुडासैनीलाई एमाले वृतले ओली डक्ट्रिनका प्रेरणता भन्छ । तीनै पुडासैनीले पुस्तकमाथि टिप्पणी गर्नु भन्दा पनि ओलीको गुणगान गाए । पृथ्वीनारायण शाह,जंगवहादुर राणा ,महेन्द्र शाहपछि ओली नै नेपालको महान मान्छे भएको जिकिर गरे पुडासैनीले ।

चरण प्रसाई (मानवधिकारवादी): प्रसाईले पुस्तकमाथि भन्दा पनि ओलीमाथि बढि प्रकास पारेका थिए । उनले मानवअधिकारको विषयमा ओली अनुमान गरे भन्दा फरक रहेको बताए । उनले भने ‘मैले जति मानवधिकारको रक्षा हुन्छ भन्ने विश्वास गरेको थिए त्यो ओलीमा पाइँन । विधिको शासनको विषयमा चुक्नु भयो ।’ सत्ता साझेदारको चेपुवामा परेको देखे ।

श्रीकृष्ण अनिरुद्र गौतम : गौतमले पुस्तकमाथि टिप्पणी गदै भने ‘यो पुस्तक ओली डक्ट्रिनको लागि सन्र्दभ सामग्री हो ।’ उनले सुरुमा ओलीमाथि काम गर्न सक्छन भन्ने विश्वास नहरेको बताएका थिए ।

चीनसंग यातायात सम्झौता गरेपछि ओलीमाथि आफुले विश्वास गरेको गौतमको भनाइ थियो । उनले भने ओलीका कारण ‘हिन्द महासागर मात्र होइन प्रशान्त महासागरमा पनि जोडिन पुगेका छौ । चीनसंग गरेको वारवहन सम्झौता नै ओलीको उचाई र सरकारबाट हट्नु पर्ने कारण बनेको बताए ।

कृष्ण मुरारी भण्डारी : उनले पनि सुरुमा ओलीको व्यक्तित्वमाथि प्रशंसा गदै भने ओलीका उखान टुक्का प्रेस चौतारीले छाप्नुपर्छ । ओलीका उखान टुक्कामा पनि भिजन भएको बताए । ती केवल उखान टुक्का होइनन् । विचार र समृद्धिको सपना भएका उखान हुन । यिनलाई छाप्नुपर्छ ।

भण्डारीले कम्युनिष्टको कार्यक्रम भएकाले रुसी साहित्यकार मेक्सीमम गोर्किकी मामा घरको हजुर आमासंग दाजेर ओलीको प्रशंसा गरेका थिए ।

गोर्कीको मामा घरमा कपडाको पसल जल्दा जसरी उनकी हजुरआमाले त्यो आगो निभाउन नेतृत्व लिनुभयो त्यहि किसमले ओलीले पनि देशमा संकट परेको समयमा नेतृत्व लिएको भण्डारीले बताए । ‘त्यहा गोर्कीले पनि आफ्नी हजुर आमा यस्तो नेतृत्व गर्न सक्छन् भन्ने सोचेका थिएन । यहाँ पनि कसैले संकटको समयमा यस्तो दृढ इच्छाशक्ति राख्छन् भन्ने थिएन ।’

भण्डारीले भने‘ओलीले कोमामा गएको नेपाली समाजलाई बौराइदिएका हुन । निरासको समयमा आसा थपेका थिए ।’उनले ओलीको प्रशंसा गदै भने ओली दक्षिण एशियाकै नेता हु्न । औद्योगीक देशमा मोदी चिया बेचेर प्रधानमन्त्री भए भने ओली १४ बर्ष जेल बसेर प्रधानमन्त्री भएका हुन् । त्यसकारण पनि उनी एशियाका नेता हुन । उनले भने ‘ओलीले देशलाई र एमाले पार्टीलाई एक बनाएका छन् । पहिला एमाले गुटै गुटमा थियो अहिले छैन ।’

विजयकुमार पाण्डे : पाण्डेले आफुलाई नेपाली राजनीतिमा कृष्णप्रसाद भट्राई पछि केपी ओलीले छोएको बताए । उनले भने ‘ओली नेपाली राजनीतिमा संघर्ष गरेर स्थापित भएको नेता हो । मलाई संघर्ष गरेर स्थापित भएको मान्छे मन पर्छ ।’

इतिहासले कहिलेकाँही व्यक्तिलाई गहन जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी अहिले इतिहासले ओलीलाई दिएको छ । उनले राष्ट्रियताको परिभाषा प्रष्ट हुनुपर्ने र त्यो परिभाषा सबैकालागि मान्ने हुनु पर्ने बताए । ओली जस्ता व्यक्तिहरुले छाती साँघुरो होइन चौडा हुनु पर्ने उनको भनाइ थियो । उनले आफुलाई ओलीले बालुवाटार बोलाएर गिफ्ट दिएको भएर ,रुख रोप्न लगाएको भएर प्रशंसा नगरेको,देशको लागि काम गरेकाले प्रसंसा गरेको बताए । उनले भने कृष्ण प्रसाद भट्राई र शेरबहादुर देउवाको कृपाले मैले बालुवाटारका कोठा कोठामा रक्सि खाएर छादेको छु । बालुवाटार मेरा लागि केहि होइन ।

सौरभः एमालेले अहिले जसरी ओली डक्ट्रिनको हल्ला फैलाइरहेका छन् । त्यसमाथि टिप्पणी गदै भने ‘डक्ट्रिन भनेर भएन यो के हो ? कसरी डक्ट्रिन हुन्छ भनेर वृहस्तृत रुपमा आउनु पर्छ ।’ उनले ओलीको विचार अहिलेको सन्र्दभमा ठिक भएपनि ओलीको विचार बोक्ने मान्छे एमालेमा नभएको बताए । विचार सहि भएर हुदैन ओलीको भिजन र सपना साकार पार्ने मान्छे एमालेले र ओलीले जन्माउन नसकेको बताए । अब हुने निर्वाचनमा एमालेले जितेपनि ओलीलाई प्रधानमन्त्री हुन नदिने बताए । ‘ओलीलाई कृष्ण प्रसाद भट्राई बनाउने गिरजा एमालेमा नै छन्’ उनले भने ।

सबै जनाले पुस्तकमा ओलीको भिजन भएको बताए । ओली के हो भनेर बुझ्नपनि पुस्तक पढ्नु पर्ने जिकिर गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप