बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रतिकूल मौसमका कारण धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमा अवतरण

शुक्रबार, १४ माघ २०७३, १८ : ००
शुक्रबार, १४ माघ २०७३

काठमाडौँ - कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ ।

राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छिन्।

मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप