बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दश वर्षीय देवर हत्या गर्नेलाई जन्मकैद

शुक्रबार, १४ माघ २०७३, १४ : ५८
शुक्रबार, १४ माघ २०७३

राजविराज - दश वर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् ।

बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा उनले शव फालेकी थिइन् । मृतकका बुबा उमेशकुमार साहले निजआरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप