बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

शुक्रबार, १४ माघ २०७३, १५ : ०१
शुक्रबार, १४ माघ २०७३

पाँचथर - पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मे १ त ३६९० नं ट््याक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप